काबुल्, २३ असोज । अफगानिस्तानको कुन्दुजस्थित हजारा–शिया मस्जिदमा आत्मघाती विस्फोट भएको छ । मानिस प्राथना गरिरहेका बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक सय जना घाइते भएका छन् । कुन्दुज केन्द्रीय अस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालमा ३५ शव पुगेका छन् ।
घाइतेको उपचार भइरहेको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि देशमा यो सबैभन्दा ठूलो आक्रमण हो । तालिबान प्रवक्ता जबीहुल्ला मुजाहिदले मस्जिदमा विस्फोट हुँदा कयौँ मारिएको पुष्टि गरेका छन् ।
तर, हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपि, त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् । इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस(केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्