काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली फुटबल टीमलाई बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएको भन्दै नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको हो ।
उहाँले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिनुभएको हो । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिनुभएको छ ।
बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो। अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस्