काठमाडौं, असोज ३१ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किशान श्रेष्ठले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्देशन अबज्ञा गर्नुभएको छ । अध्यक्ष नेपालले मन्त्री भएलगत्तै पार्टी कार्यालयमै बोलाएर आफ्नो स्वीकृती लिएर मात्रै स्वीकय सचिवलगायतका सहयोगी राख्न मन्त्रीहरुलाई सामुहिक निर्देशन दिनुभएको थियो ।
माधवले निर्देशन दिएको केही दिनभित्रै मन्त्री श्रेष्ठले आफू सो निर्देशनअनुसार पार्टीले पठाएको मानिस सचिवालयमा नराख्ने भन्दै गृहजिल्ला स्वकीय सचिव नियुक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले तनहुँकै जगत खडकालाई स्वकीय सचिवमा दशैं अगावै नियुक्त गर्नुभएको हो । अध्यक्ष नेपालले मन्त्रीहरुको सुराकीका लागि आफू निकट ब्यक्ति पठाउने सूचना पाएको कारण श्रेष्ठले खडकालाई नियुक्त गर्नुभएको उहाँ निकट स्रोतले जनताटाइम्सलाई बतायो ।
‘मन्त्रीले जसलाई सहज हुन्छ, त्यही ब्यक्ति सचिवालयमा राख्ने हो, माधवले मन्त्रीकै सुराकी गर्न पार्टीको नाममा आफ्नो मान्छे पठाउने भएकोले मन्त्रीज्यूले अबज्ञा गर्नुभएको हो, उहाँले आफूलाई सहज हुने ब्यक्ति सचिवालयमा राख्नुभएका छ,’ मन्त्री श्रेष्ठ टीममा रहेका एक सदस्यले भने ।













प्रतिक्रिया दिनुहोस्