जनता टाइम्स

३ कार्तिक २०७८, बुधबार ११:४७

वर्षाले हुम्लाको खार्पुनाथमा घर भत्किदा ४ जनाको मृत्यु, २ जना बेपत्ता


हुम्ला, कात्तिक ३ । वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ४ जनाको ज्यान गएको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन ।

खर्पेलगाउँ स्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति खसेको पहिरोले घर पुरीदा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका थिए । घरपछाडिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका मध्ये कलबहादुर शाही, उनकी श्रीमती आसा शाही, ५ र ३ बर्षिया २ छोरासहित ४ जनाको ज्यान गएको र धनबिरे शाही र १४ बर्षका छोरा अलेन्द्र शाहीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले बताउनु भयो ।

रातिको समय भएकाले उद्धारमा कठिनाइ भएकोमा अहिले संयुक्त सुरक्षा टोलील उद्धार गर्दा ४ जना मृत अबस्थामा भेटिएको र २ जनाको खोजी भईरहेको डिएसपी शर्माको भानई छ । घर पुरिदा घरसंगै पुरीएका ६ जना मध्ये ४ जना मृतक अबस्थामा फेला परेका र २ जना अझै बेपत्ता भएकाले खोजी कार्य जारी रहेको छ भने पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई जिबितै उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिनुभयो ।