जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १३:०२

जनता बाढीको चपेटामा रूँदै, सत्तारूढका प्रमुख नेता प्रचण्ड जिपलाइनमा रमाउँदै


काठमाडौँ, कार्तिक ५ । प्रमुख सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्ने नाममा प्रायः सिन्धुपाल्चोक पुग्ने गर्नुभएको छ । देशभर बाढि पहिरोले जनता रोई रहेको समयमा बिहीबार सुकुटेमा आरम गरेर फर्किएका प्रचण्ड शुक्रबार काभ्रेको धुलिखेल जिपलाइनमा रमाइलो गरिरहनुभएको छ । माओवादी नेता सरल सहयात्रीले प्रचण्डले जिपलाइनमा मनोरञ्जन लिइरहेको भिडियो टिकटकमा पोस्ट गर्नुभएको छ । नागरिकहरू बाढी र पहिरोमा चपेटामा परेर रूँदै र चिच्याउँदै बसिरहेको समयमा तीनहरूको उचित व्यवस्थापनमा लाग्न सरकारलाई प्रेरित गर्नुपर्नेमा प्रचण्ड भने जिपलाइन र सुकुटेमा रमाइरहेका अध्यक्ष प्रचण्ड देश र जनता प्रति कति उत्तरदायी हुनुहुन्छ भन्ने प्रष्ट देख्न सकिन्छ ।