काठमाडौं, कात्तिक ७ । स्वास्थ्य सेवा विभागको महानिर्देशक पुनः डा. दिपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ। विभागका निमित्त महानिर्देशक डा. आरपी विच्छाको ६० बर्षे अवधी पुरा भएकै दिन आजैबाट डा. सिंहलाई विभागको जिम्मेवारी दिइएको हो ।
डा. सिंहलाई तत्कालिन अवस्थामा स्वास्थ्य मन्त्रीकोसमेत जिम्मेवारी सम्हाल्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवाले गत १९ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै जिम्मेवारीबाट हटाउनुभएको थियो ।
बाह्रौँ तहको पदमा बाह्रौं तहका तत्कालिन महानिर्देशक डा. सिंहलाई हटाएर एघारौँ तहका डा. विच्छालाई विभाग पठाउने निर्णयलाई त्यसबेलै चौतर्फी विरोध भएको थियो । देउवा सरकार नै यस कामले आलोचित बनेको थियो । पछिल्लो पटक स्वास्थ्य मन्त्री विरोध खतिवडा बनेपछि अढाई महिना अघि प्रधानमन्त्रीले गरेको गल्तीलाई सच्याउनुभएको हो ।
मन्त्रालयमा रहनुभएको डा. सिंहलाई आज विभागको महानिर्देशकको जिम्मेवारीको पत्र दिइएको छ । डा. बिच्छाको सेवा अवधि आज सकिए पनि यसअघि नै सरकारले सेवा तीन वर्ष थप गरेको थियो । यसरी सेवा थप गरेका कर्मचारीलाई कानुनमा कार्यकारी जिम्मेवारी दिन पाइँदैन तर देउवा सरकारले कानुनको वेवास्ता गर्दै मनपरी गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्