काठमाडौं, कात्तिक ८ । कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफुलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिनुभएको छ । सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले आजका लागि सात वटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।
आफुसँग असन्तुष्ट १२ जना न्यायाधीशका लागि मुद्दाको पेसी तोकेका राणाले आफुलाई भने इजलासमा मुद्दा तोक्नुभएको छैन । उहाँको कार्यशैलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीश मुद्दा सुनवाइ छाडेर आन्तरिक छलफलमा छन् ।
पाँच जना बिदामा बसेका छन् भने १४ जना प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै छलफलमा छन् । जसका कारण सोमबार ९आज० सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन । न्यायाधीशहरू छलफलमा जुटेका बेला नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनसमेत यतिबेला रणनीति बनाउन बेग्लाबेग्लै बैठक बसिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्