काठमाडौं, कात्तिक ९ । सर्वोच्च अदालतका १५ न्यायाधीशको छलफल सकिएको छ । सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै रहेको र बुधबार फेरि बैठक बस्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले जानकारी दिनुभयो । सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल थप हुनुभएको छ ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ । तर, प्रधानन्यायाधीशले आफूले राजीनामा नदिने बरु प्रश्न उठेका सबै न्यायाधीशले सामूहिक राजीनामा दिए आफू तयार रहेको जनाउ दिइसक्नुभएको छ। १५ न्यायाधीशको गुटबन्दीको नेतृत्व परमादेश जारी गर्ने दीपककुमार कार्कीले गर्दै आउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्