खार्तुम, १० कात्तिक । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै घरमा पुर्याइदिएको त्यहाँको सेनाले जनाएको छ । यसअघि सेना प्रमुख अब्देल फताह अल बुरहानले प्रधानमन्त्रीको आफ्नै सुरक्षाका लागि नजरबन्दमा राखिएको बताउनुभएको थियो ।
सैन्य कू गरेपछि मंगलबार आफ्नो पहिलो पत्रकार सम्मेलनमा अल बुरहानले देशलाई गृहयुद्धबाट जोगाउन सेनाले हातमा शक्ति लिएको बताउनुभएको थियो ।
उहाँले सेनाबिरुद्ध विष बमन गर्नै राजनीतिज्ञलाई पन्छाउनुको विकल्प सेनासँग नभएको बताउनुभएको थियो । सेनाको कूपछि राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ ।













प्रतिक्रिया दिनुहोस्