जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १५:५०

पोखरा महानगरमा एमालेले छान्यो सर्वसम्मत नेतृत्व, दिलिप न्यौपानेको अध्यक्षतामा बन्यो जुझारु टीम


पोखरा, कात्तिक ११ । नेकपा एमालेको पोखरा महानगर कमिटी अध्यक्षमा दिलिप न्यौपाने चुनिनुभएको छ । लामो छलफलपछि आज न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको हो । पोखरामा नेतृत्व लिन न्यौपानेसहित पाँच जना आकांक्षी रहनुभएको थियो ।

पोखराको नेतृत्व लिन पाँच जनाले मनोनयन दर्ता गराएका थिए । हालका अध्यक्ष दिपक पौडेलसहित तेजनारायण अधिकारी, हरि त्रपाठी र धनबहादुर नेपालीको उम्मेद्वारी परेकोमा पटक पटकको छलफलपछि न्यौपानेलाई छोड्न तयार हुनुभएपछि उहाँसर्वसम्मत बन्नुभएको हो ।
समितिको उपाध्यक्षमा राजकुमारी भुजेल, सचिवमा जीवन आचार्य तथा उपसचिवमा रामन्द्र थापा र सीता बिक चयन हुनुभएको छ ।

सर्वसम्मत हुनु भन्दा केही समय अघि मतदान गर्ने तयारी थियो । मतपत्र र मतपेटेका समेत तयार गरिएकोमा अन्तिम समयमा सर्वसम्मत नेतृत्व चयन भएको हो । कास्कीको माछापुच्छ्रेबाहेक सबैमा कार्यसमितिले पूर्णता पाएको छ । अन्नपूर्णमा विवेक देवकोटा, मादीमा बालकृष्ण गुरुङ र रुपामा सहबक्स मियाँ अध्यक्ष चुनिएका छन् ।