काठमाडौं, कात्तिक १२ । नेकपा एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त दुई केन्द्रीय सदस्य कुन्दन कुशवाह र मोहम्मद समीरलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको एमाले प्रचार बिभागका उपप्रमुख सूर्य थापाले बताउनु भयो । यसअघि बसेको स्थायी कमिटी बैठकले उहाँहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । उहाँहरु दुवैजना प्रभु साहनिकट हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्