जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार १२:१२

काँग्रेस नेताहरुले जनाए असन्तुष्टि : सरकारले गल्ती गर्यो, जनतालाई मारमा पार्यो – नेता सिंह


काठमाडौँ, १३ कार्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पाँच दलीय गठबन्धनको सरकारले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सुनसरी काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमा नेता सिंहले जनतालाई राहत दिने ठाँउमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई मारमा पारेको धन्दै आक्रोस जनाउनुभयो । आफूले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको उल्लेख गर्दै नेता सिंहले मूल्य वृद्धि तत्काल फिर्ता ल्याउन माग समेत गर्नुभयो ।

१३ औं महाधिवेशन पछि नेतृत्वले पाएकाले जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै नेता सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्यालउन नहुने धारणा राख्नुभयो । पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन् । अवसर पाएर पनि काम नगर्नेहरुलाई दोहोर्याटउनु हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’ न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्तिको स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।