जनता टाइम्स

१४ कार्तिक २०७८, आईतवार ०७:५९

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग


काठमाडौं, काीत्तक १४। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले माग गरेको छ ।

अनेरास्ववियु अध्यक्षमा सुनिता बरालले बिज्ञप्ती जारी गर्दै तत्काल बढेको मूल्य फिर्ता गर्न माग गर्नुभएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नरोकिएमा आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी छ । पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको अनेरास्ववियुको ठहर छ ।

जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष गाँसिएका वस्तुहरू प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदममा लागेको अनेरास्ववियुको आरोप छ ।