जनता टाइम्स

१४ कार्तिक २०७८, आईतवार ११:३५

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा पूर्वसभामुखदेखि पर्वसांसदसम्म सहभागी


काठमाडौं, कात्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सुरु गरेको आन्दोलनमा पूर्वसभामुखदेखि पूर्वसांसदसम्म सहभागी भएका छन । बारले प्रधानन्यायाधीशबिरुद्ध आजबाट आन्दोलन सुरु गरेको हो ।

पहिलो दिन बारले हातमा कालो पट्टी बाँधेर गरेको प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइराला, बारका पूर्वअध्यक्ष शम्भू थापालगायत सहभागी हुनुहुन्छ । बारबाट कालोपट्टी बाँधेर निस्केका वकिलहरु सर्वोच्च अदालत परिसरमा जम्मा भएका छन् ।