जनता टाइम्स

१४ कार्तिक २०७८, आईतवार १७:२१

एमाले महाधिवेसनका लागि गठित १२ वटै समितिले अघि बढायो काम


काठमाडौं, कात्तिक १४ । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न गठन गरेको विभिन्न १२ वटा समितिहरुले आफ्नो काम अघि बढाएका छन । महाधिवेसन मूल व्यवस्थापन समितिले केही दिनअघि १२ ओटा उपसमिति गठन गरेको थियो ।
संयोजक रामबहादुर थापा (बादल)को संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन समिति, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति बनाएको हो ।

यस्तो छ कार्यबिभाजन
मुल व्यवस्थापन समितिः बादल

प्रतिनिधि व्यवस्थापनः विष्णु पौडेल
जनपरिचालन : सुरेन्द्र पाण्डे
प्रचारप्रसारः योगेश भट्टराई
स्वास्थ्यः भानुभक्त ढकाल
आर्थिकः विष्णु रिमाल
मञ्च व्यवस्थापनः शेरबहादुर तामाङ
अतिथि सत्कारः राजन भट्टराई
आवास व्यवस्थापनः कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालनः विनोद श्रेष्ठ
यातायात व्यवस्थापनः काशीनाथ अधिकारी
खाद्य व्यवस्थापनः कपिल पोखरेल/पार्वती रावल

बैठकको निर्णयअनुसार सवै समितिले आफ्नो काम अघि बढाएका छन । प्रचार उपसमितिको संयोजक योगेश भराईले सोमवार बैठक बोलाउनु भएको छ । समग्र प्रचार योजना बनाउन र समितिमा रहने सदस्यहरुको सूची तयार पारी काम अघि बढाउन बैठक बोलाइको हो । अन्य समितिले पनि कामलाई अघि बढाएको जनाएका छन ।