जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार ०८:४६

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने


काठमाडौं, कार्तिक १५ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि आज मत विभाजन हुदै छ।आज दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको मत विभाजन हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए। तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो। त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए। प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सोमबारको बैठकको विषयमा कार्यसूची तय भइसकेकाले कार्यव्यवस्था नबस्ने बरु सदनको कारबाही सुरु हुने बताउनुभएको छ ।