काठमाडौं, कात्तिक १६ । नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले उग्रवामपंथको पतन दक्षिणपंथमा गएर हुन्छ भन्ने कथनलाई प्रमाणित गरेको बताउनु भएको छ । एमाले स्थायी कमिटी सदस्य पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
‘उग्रवामपंथको पतन दक्षिणपंथमा गएर हुन्छ भन्ने कथन माओवादी आन्दोलनका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डको जीवनसंघर्षमा मिल्न गएको छ,’ पोखरेलले भन्नुभएको छ ।

नेता पोखरेलले परमादेशी सरकार गठनमा भएको चलखेल नै अहिलेको राजनीतिक संकटको कारण भएको निश्कर्ष पनि राख्नुभएको छ । ‘जनादेश विपरितको परमादेशी सरकार गठनमा भएको चलखेल नै अहिलेको राजनीतिक संकटको कारण हो । नयाँ जनादेशनै संकट मोचनको एकमात्र विकल्प हो,’ पोखरेलले भन्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्