काठमाडौं, कात्तिक १६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताउनु भएको छ । साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गर्नुभएका अल्मुताइरीले दशरथ रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो खुलासा गर्नुभएको हो ।
‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण ९श्रेष्ठ०, विकास ९मल्ल०सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाईं भन्न नसकेर नेपाल फर्किएँ,’ अल्मुताइरीले भन्न्ुभयो । अल्मुताइरी र अखिल नेपाल फुटबल संघबीच आजै औपचारिक रुपमा सम्झौता पनि भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एन्फासँग तीन बर्षको सम्झौता गरेसँगै गत शनिबार नेपाल आईपुग्नु भएको हो । १० कात्तिक (बुधबार) प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई ‘मेन्सन’ गर्दै सम्झौता नवीकरण गरेको जनाउनु भएको थियो ।
अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजीनामा दिनुभएका अल्मुताइरी नेपाल नफर्की कतार जानुभएको थियो । सहमतिपछि शनिवार नेपाल आउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्