काठमाडौं, कात्तिक १६ । नेकपा माओवादी केन्द्र दोलखाका प्रभावशाली नेता दुर्गाप्रसाद दाहाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । दोलखाका पुराना एमाले नेता तथा माओवादी केन्द्रका वर्तमान नेता दहाल गाउँपालिका अधिवेशनको क्रममा एमालेमै फर्कनु भएको हो ।
उहाँलाई एमाले केन्द्रीय सदस्य तथा बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेल, दोलखा अध्यक्ष इश्वरचन्द्र पोखरेललगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ । दाहाल नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी भन्नै लाज लाग्ने गरी कांग्रेसको पुच्छर बनेको र मुलुकको समृद्धिको बिरुद्धमा लागेको निश्कर्षमा पुगेपछि त्यागेर एमाले रोजेको दाहालले बताउनु भएको छ ।
दोलखामा पछिल्लो समय नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीतिर लाग्ने नेताहरु धमाधम गलत काम गरिएछ भन्दै एमालेमै फर्कन थालेका हुन । यही क्रममा पुराना नेता दाहाल पुनः एमालेमै फर्कनु भएको हो ।
दाहालको प्रवेशसँगै तामाकोशी गाउँपालिका मालीमा मात्रै नभएर जिल्लाभर माओवादी केन्द्रलाई ठूलो झडका लागको छ । अव अन्य पालिकाका थुप्रै माओवादी नेता कार्यकर्ता एमालेमा फर्कने अवस्था देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्