जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार १८:३९

प्रधानमन्त्री देउवाको गृहप्रदेशमा आउँदै कार्यबहाक प्रधानमन्त्री


बैतडी, कात्तिक १६ । प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण बुधवार बैतडीको ढुंगाड आउने हुनुभएको छ । खाण वर्षाका कारण प्रभावित भएको सिगास गाउँपालिका( ५ को ढुंगाड आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव नरेन्द्र केसीले बताउनु भयो ।

मन्त्री खाणको टोली बैतडीसहित बझाङ, डोटीलगायतका जिल्लाका बाढी प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । बैतडीको ढुंगाडमा बुधबार दिउँसो १२ बजे कार्यक्रम राखिएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले बताउनु भयो ।

बाढी–पहिरोबाट प्रभावित भएका ठाउँका बासिन्दाहरूसँग भेट गरी मन्त्री खाणले बुधवार नै काडमाडौं फर्किने कार्यक्रम रहेको छ ।