काठमाडौं, कात्तिक १७ । न्यायाधीशहरूको अघोषित बहिष्कारबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गर्नुभएको छ । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोक्नुभएको हो ।
सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने वुधबार पनि इजलास नजाने बताएका छन् । सोमवार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारवाट पुन इजलासमा नजाने निर्णयमा छन् ।
प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेकोलगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन् । न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रर्दशनलाई कायम राखेको छ । कानुनव्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन् ।













प्रतिक्रिया दिनुहोस्