जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १२:०१

पूर्वराजा ज्ञानेन्द्रप्रति प्रधानमन्त्री देउवाको कडा चेतावनी


काठमाडौं, कात्तिक २४ । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बन्नुभएको छ । प्रधानमन्त्री देउवाले गणतान्त्रिक शासन व्यवस्थाका विरुद्ध नलाग्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनीसमेत दिनुभएको छ ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिनुभयो । आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उहाँले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले भन्नुभयो , ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भयो, शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ, शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’

संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै प्रधानमन्त्री देउवाले त्यसलाई सुधार्दै जाने बताउनुभयो ।