काठमाडौं, २५ कात्तिक । लक्ष्मी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुनेछ ।














प्रतिक्रिया दिनुहोस्