जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार १२:११

सकियो बारको धर्ना, सर्वोच्च छिर्ने सेवाग्राहीको लाइन


काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको आजको धर्ना सकिएको छ । प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ आज कानुन व्यवसायी धर्नामा बसेका थिए ।

तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए ।

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोलगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ । बारको शुक्रबारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वोच्च अदालत प्रवेश पाएका छन् । सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।