जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १२:३०

प्रचण्ड निकट चितवनकै बाम बुद्धिजिवी रिमालले गरे माओवादी परित्यागको घोषणा


काठमाडौं, २८ कार्तिक । काठमाडौं । चितवनका बाम बुद्धिजिवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरेका छन । आज (शनिवार) फेसबुकमा स्टाटस लेखेर उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नुभएको छ ।

उहाँले पछिल्लो समय माओवादी केन्द्रमा आबद्ध हुनुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने उहाँ पेशाले शिक्षक हुनुहुन्छ। चितवनमा रिमालले स्कूल संचालन गर्नुभएको छ । प्रचण्डलाई निर्वाचनमा विजयी गराउन उहाँकै नेतृत्वमा बुद्धिजिवीहरुले अभियान संचालन गर्नुभएको थियो ।

रिमालले प्रचण्डको पक्षमा विभिन्न क्षेत्रमा भाषण समेत गर्दै हिड्नु भएको थियो । तर पार्टीमा दार्शनिक, राजनीतिक र सांस्कृतिक रुपमा बिचलन आएका कारण परित्याग गरेको उहाँले बताउनुभएको छ । ‘म निष्ठावानका साथ जिवन विताइरहेको मान्छे हु, म आजिवन कम्युनिष्ट विचार बोकेर हिड्ने मानिस हुँ,तर आजदेखि कुनैपनि पार्टीमा आवद्ध छैन’,उनले भने । नेपालका कम्युनिष्ट पार्टीले न्यूनतम आचरण पनि पालना नगरेको उहाँको आरोप छ । १० बर्ष जनयु द्ध लडेको पार्टी माओवादीले समेत जनताका मुद्धा र कम्युनिष्टको विचार परित्याग गरेको उहाँको भनाई छ । उहाँले जनताको पक्षमा हुने आन्दोलनमा यसअघि पनि नेतृत्वदायी भूमिका खेलेको र आगामी दिनमा पनि जारी राख्ने बताउनुभयो ।