जनता टाइम्स

१३ मंसिर २०७८, सोमबार १५:०५

लालबाबु पण्डित काठमाडौंमा


चितवन, १३ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं पुग्नुभएको छ । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किनुभएको हो ।

‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले भन्नुभयो, ‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु ।’ उहाँका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्किएको हुँ ।