चितवन, मंसिर १४ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । उम्मेदवारहरू मत माग्नमा व्यस्त छन् । यसबीचमा उम्मेदवार र तीनका प्रतिनिधिहरूले भोट हाल्ने र नहाल्ने उम्मेदवारहरूको सूची तयार गरेर बाँडिरहेका छन् ।
अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले बन्दशत्रमा राख्नुभएको सहमतिको नामावलीसँगै भीम रावल पक्षले पनि उम्मेदवारको सूची बाँडेको छ । रावल पक्षले उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीसहित केही केन्द्रीय सदस्यको सूची बाँडेकोहो । संस्थापन समुहले अध्यक्ष ओलीले बन्द शत्रमा राख्नुभएको सहमतिको नाम बाँडेको छ ।
कतिपय उम्मेदवारले निर्वाचन आचारसंहिताविपरित पर्चा पनि बाँडिरहेका छन् । अध्यक्ष पदका उम्मेदवार भीम रावलले आचारसंहितविपरित आफूहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको थाहा पाएपछि आपत्ति जनाउनु भएको थियो तर आफ्नै समुहबाट पनि बाँडिएको छ । भोट हाल्ने र नहाल्ने उम्मेदवारको सूची बनाएर बाँडेको विषयमा कुनै औपचारीक उजुरी नआएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताउनु भयो ।
‘हाम्रो परिसरमा देखेका जतिलाई निषेध गरेका छौँ र जफत पनि गरेका छौँ । बाहिर कहाँ के भइरहेको छ भनेर हामीकहाँ औपचारीक रूपमा उजुरी आएको छैन’, दाहालले भन्नुभयो । बाहिर गएर हेर्दा धेरै पर्चा बाँडेको र बदमासी गरेको नदेखिएको उहाँले बताउनु भयो ।
भिजिटिङ कार्डको साइजमा हुने गरी प्रचारको कार्ड बनाउन दिइएको तर त्यो भन्दा ठूलो साइजलाई निषेध गरिएको दाहालको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्