काठमाडौं, १४ मंसिर । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ। पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक हुनुहुन्छ । उहाँले हालसम्म १९७६ मत प्राप्त गर्नुभएको छ । यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन्। घनश्याम भुसालले जम्मा ७२५ मत पाउनुभएको छ । मत परिणाम गन्ने काम लगभग सकिएको छ। केही मत मात्र गन्न बाँकी रहेको स्रोतले जानकारी दिएको छ।यो सँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित हुनुभएको छ ।
उपाध्यक्ष जित्नेमा अष्टलक्ष्मीको सबैभन्दा बढी मत, भुसाल पराजित













प्रतिक्रिया दिनुहोस्