जनता टाइम्स

१५ मंसिर २०७८, बुधबार २१:४१

एशियाको सर्वोत्कृष्ट बैंक बन्दै एनएमबीले पायो ‘बैंक अफ दि एशिया २०२१’ अवार्ड


काठमाडौँ, १५ मंसिर । एनएमबी बैंक एशियाको सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ । ‘बैंक अफ दि एशिया २०२१’ अवार्ड एनएमबि बैंकले प्राप्त गरेको छ । बैंकलाई उक्त अवार्ड द फाईनान्सियल टाइम्सको द बैंकर म्यागेजिनले प्रदान गरेको हो । सो अवार्ड प्राप्त गर्ने एनएमबि बैंक नेपालको पहिलो बैंक हो ।

द फाईनान्सियल टाइमसको द बैंकर म्याजेजिनले हरेक एशियाका सस्टेनेबल बैंकहरु मध्ये उत्कृष्टलाई दिने गरेको छ । यो वर्ष छनौटमा परेका ४८ वटा मुलुकका बैंकहरुमा एनएमबि बैंकले अवार्ड हात परेको हो । कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले एसियामै सर्वोकृष्ट बैङ्क बनेर इतिहास रच्न सफल भएको बताउनुभयो । उहाँले २००८ सालमा ग वर्गको फाइनान्स कम्पनीको रूपमा सुरु भएको बैङ्कले १३ वर्षमा यहाँ पुग्नु आफैमा गर्वको कुरा रहेको बताउनुभयो । “बैङ्कले ढिलो अफठ्यारो र लामो बाटो रोजेका कारण एसियाकै सर्वोकृष्ट बैङ्क बन्न सफल भएको हो ” उहाँले भन्नुभयो ।

तरलता अभाव भएको बेला विदेशबाट प्रैसा ल्याउने बैङ्क पनि एनएमबि भएको र आजको समयमा पनि बैङ्कले विदेशबाट पैसा ल्याउने गरेको बताउनुभयो ।“२०र२५ वर्ष पुराना बैङ्क आफू हिँडेको बाटो हिँड्न खोज्दा हामीले हामी सफल भएको महसुस गरेका छौँ त्यस कारण यो अवार्ड हामीले पायौँ” उहाँले भन्नुभयो । उक्त कार्यक्रममा बैङ्कका अध्यक्ष पवन गोल्यानले ५÷७ वर्ष यता आफुहरुले बैङ्कलाई अर्को गति दिएका कारण उक्त अवार्ड पाउन सफल भएको बताउनुभयो ।

“बैङ्कलाई गाउँ गाउँमा पुराएर फरक बैकिङ पुराएर सेवा प्रदान गनुपर्ने र साना उद्योग व्यवसाय जन्माउन नसके नेपाल कहिले विकास हुन सक्दैन भनेर त्यसै अनुरूप बुकिङ सेवा दिएका कारण एसियाकै सर्वोकृष्ट बैङ्क बनेको हो ” उहाँले भन्नुभयो । उहाँले कृर्षिलाई अगाडी बढाउनु आजको अबवश्यता रहेको भन्दै एनएमबि बैङ्क नेपालको माटोलाई सुहाउँदो नेपाली जनतालाई सुहाउने नेपाली जनताको बैङ्क बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘बैङ्क अफ दि एशिया २०२१’ अवार्ड सँगै बैङ्कले ‘ बैङ्क अफ द ईयर २०२१ ’ को अवार्ड पनि प्राप्त गरेको छ । बैङ्कले यसअघि पनि लगातार ३ पटक बैङ्क अफ द ईयर अवार्ड पाएको थियो ।