जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १५:५७

पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी


काठमाडौं, १८ मंसिर । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।

आज जारी घोषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ ।

यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुने बताइएको छ । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तीमा उल्लेख छ ।