सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय हुनभएको छ । शाही संस्थापन (सभापति शेरबहादुर देउवा) समुहका हुन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गर्नुभयो भने मोतीराज बलमे ७ मत प्राप्त गर्नुभएको छ । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ । भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल) समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् । सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदको मतगणना भईरहेको छ ।













प्रतिक्रिया दिनुहोस्