जनता टाइम्स

२४ मंसिर २०७८, शुक्रबार ०८:४७

कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीय साइतमा


काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले आजबाट सुरु हुन लागेको १४औँ महाधिवेशनको उद्घाटन ज्योतिषीय साइतमा गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिनुभयो ।

‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले हेरिदिएको हुँ,’ उहाँले भन्नुभयो, ‘शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको छ ।’ महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभ योगको संयोग पारेर समय निर्धारण गरिएको उहाँले बताउनुभयो ।

महाधिवेशन उद्घाटन पञ्चाङ्गअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको ज्योतिष रिजालले बताउनुभयो । उहाँका अनुसार महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग पनि रहेको छ ।