काठमाडौं, मंसिर २५ । पूर्वमन्त्री जेपी गुप्ताले कांग्रेसको महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चलाएको विकास, समृद्धि र समुन्नतिको भाष्यले प्रभावित पारेको निश्कर्ष सुनाउनु भएको छ । कांग्रेस महाधिवेशन शुरु भएकै दिन पूर्वकांग्रेस नेता गुप्ताले यस्तो बताउनु भएको हो ।
नेपाली कांग्रेसमा लामो समय बिताउनु भएका पूर्वमन्त्री गुप्ताले कांग्रेसका उम्मेदारहरु नीति र कार्यक्रम बेगर मुलुकको आर्थिक कायाकल्प गर्ने विषयमा बढी केन्द्रित देखिएको पनि बताउनु भएको छ ।
नेकपामा ओलीले चलाएको विकास, समृद्धी, समुन्नतिको ‘न्यारेशन’ले नेका अधिवेशन पुरै प्रभावित पारेको छ। पार्टीको सुसंचालन, संगठन निर्माण, आन्तरिक प्रजातन्त्र जस्ता विषयबाट थलिएको नेका भित्रका उम्मेदवारहरूले नीति र कार्यक्रम बेगर मुलुकको आर्थिक कायाकल्प गर्ने विषयमा बढी केन्द्रीत देखिए, पूर्वमन्त्री गुप्ताले सामाजिक सञ्जालमा आफ्नो निश्कर्ष राख्दै भन्नुभएको छ ।
गुप्ता कांग्रेस परित्याग गरेर मधेशवादी राजनीतिमा लाल्नुभएको थियो । भ्रष्टाचार मुद्दामा जेल परेपछि उहाँ स्वतन्त्र विश्लेषकका रुपमा क्रियाशील हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्