जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार १७:२६

कांग्रेस महामन्त्रीमा पाँच जनाको उम्मेद्वारी, को कुन टीमबाट ?


काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि पाँच् जनाको उम्मेद्वारी परेको छ । नेपाली कांग्रेसका नेताहरु डा मीनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र डा. प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा जारी छ । यसअघि आजै सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराउनुभएको थियो । उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी दर्ता गराउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।