काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले जारी १४औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिनुभएन । मधेसीतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरे पनि शाहले अन्तिममा आएर उम्मेदवारी नदिनु भएको हो ।
तत्कालीन संघीय समाजवादी फोरमका उपमहासचिव शाह कांग्रेस प्रवेश गर्नुभएको थियो । उहाँ कांग्रेसमा शेरबहादुर देउवा र आरजु देउवा निकट मानिनुुहन्थ्यो । शनिबार मनोनयन दर्ताको समयभित्र उम्मेदवारी नदिएका युवा नेता शाहले साँझ ‘नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा मेरो भूमिका शेरबहादुर देउवालाई सभापतिमा जिताउने हो’ भन्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
स्रोतकाअनुसार देउवासँगको सल्लाहमा शाहले उम्मेदवारी नदिनुभएको हो । पार्टीमा उपयुक्त जिम्मेवारी दिने वचन देउवाले दिनुभएको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी नै कांग्रेसमा बिलय गराएका विजय गच्छदार भने देउवाको टिमबाट उपसभापतिको उम्मेदवार बन्नुभएको छ ।
त्यसैगरी राप्रपाका महामन्त्री हुँदै कांग्रेस प्रवेश गरी सहमहामन्त्री बन्नुभएका सुनिल थापा देउवा टिमको केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्