जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ०५:३५

कांग्रेस महाधिवेशन : ४६७९ मत खस्यो, कस्को आउँला २३४० मत ?


काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको मतदानमा चार हजार ६७९ मत खसेको छ । कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राति १२ बजेसम्म चलेको मतदानमा कांग्रेसका चार हजार ७४३ प्रतिनिधिमध्ये चार हजार ६७९ ले मतदान गरेका हुन् । मतदानमा ६४ जना अनुपस्थित भएका छन् ।

नेपाली कांग्रेसको विधानअनुसार सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । कुल खसेको मत चार हजार ६७९ मा सभापति बन्न २ हजार ३४० मत आवश्यक छ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको छ । महाधिवेशनअन्तर्गत भृकुटीमण्डपका दुई स्थान र सभागृहमा गरी तीन ठाउँबाट मतदान भएको थियो ।