काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिनुभएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार अहिलेसम्म ८०३ मत गणना भएको छ। यो गणनामा देउवाले अग्रता कायमै राख्नुभएको छ । देउवा ३८७ मतसाथ अगाडि हुनुहुन्छ । उहाँले आफ्नो अग्रतालाई केही फराकिलो बनाउँदै लैजानुभएको छ । देउवालाई डा. शेखर कोइरालाले पछ्याइरहनु भएको छ । कोइरालाले २९५ मत ल्याउनु भएको छ । सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले ६६, विमलेन्द्र निधिले ४२ र कल्याण गुरुङले ४ मत पाउनु भएको छ ।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्।













प्रतिक्रिया दिनुहोस्