काठमाडौं, मंसिर २८ । पूर्वमन्त्री हृदयेश त्रिपाठीको पार्टी घोषणामा पूर्वसभामुखदेखि पूर्वसचिवसम्म सहभागी हुनुभएको छ । त्रिपाठीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्नुभएको हो ।
सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री रामेश्वर खनाल, तुलनारायण साहसहितका व्यक्ति सहभागी हुनुभएको छ । मधेशवादी दल हुँदै पछिल्लो आमनिर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका त्रिपाठीले आज नयाँ पार्टी घोषणा गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्