जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार १८:५१

कांग्रेस उपसभापतिको मतगणना तीन ठाउँमा, आजै १० बजेसम्म नतिजा


काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ ।

तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । दुई जना उपसभापतिका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र महेश आचार्य चुनावी मैदानमा हुनुहुन्छ । सभापतिमा भने शेरबहादुर देउवा विजयी भइसक्नु भएको छ ।