जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार २१:४०

२३ सय मत गन्दा धनराजको फराकिलो अग्रता, चन्द्र भण्डारी पनि पछिपछि


काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिमा युवा नेता धनराज गुरुङले आफ्नो अग्रता अझै बढाउँदै लैजानु भएको छ । अहिलेसम्म २३ सय मत गणनाको परिणाम आउँदा युवा नेता धनराज ९६० मतसहित पहिलो स्थानमा रहनुभएको छ । दूई जना उपसभापतिका लागि भएको निर्वाचनमा अर्का युवा नेता डा.चन्द्र भण्डारी दोस्रो स्थानमा हुनुहुन्छ ।

भण्डारीले ८७० मत पाउनु भएको छ । उहाँहरु दुवै डा. शेखर कोइराला समुहबाट उपसभापतिको उम्मेद्वार बन्नुभएको थियो । यस्तै पूर्णबहादुर खडकाले ८४० र बिजयकुमार गच्छद्धारले ६६० मत पाउनु भएको छ । उहाँहरु दुवै सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट उम्मेद्वार बन्नुभएको हो ।