काठमाडौं, २ पुस । नेपाली कांग्रेसको क्लस्टरतर्फ सहमहामन्त्रीको मतपरिणाम टंगिने क्रममा छ। १४औं महाधिवेशनबाट मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ ।
शेरबहादुर देउवा समूहबाट उम्मेद्वार दिनुभएको मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री निर्वाचित हुनुभएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मन्सुरले २७७६ मत ल्याउनुभएको थियो भने वकिलले १८७१ मत प्राप्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्