लमजुङ, पुस ३ । नेकपा (एमाले) लमजुङ अध्यक्षमा कृष्णप्रसाद अधिकारी र सचिवमा शुभाष पौडेल चयन हुनुभएको छ। पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उहाँको ठाउँमा उपसचिव पौडेललाई सचिवको जिम्मेवारी दिइएको हो ।
एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनञ्जय दवाडी पार्टीको गण्डकी प्रदेश सचिवमा चयन भएकाले पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारीले जानकारी दिनुभयो । एमाले जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल यसअघि नै प्रदेश कमिटी सदस्य चयन भइसकेका छन् ।
एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेको अनौपचारिक बैठकमा पार्टी अध्यक्ष अधिकारी र सचिवको जिम्मेवारी पौडेललाई दिने निर्णय भएको एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले बताउनु भयो । उहाँका अनुसार पुस २३ गते जिल्ला अशिवेशन हुनेछ ।













प्रतिक्रिया दिनुहोस्