जनता टाइम्स

४ पुष २०७८, आईतवार १४:४३

लाभांश प्रस्ताव पारित गर्ने एजेण्डासहित एनसीसी बैंकले बोलायो साधारणसभा


काठमाडौं, ४ पुस । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकले होटल हार्दिक, बागबजारमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट सम्पन्न हुनेछ ।

सभामा बैंकको हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ । साधारणसभा प्रयोजनको लागि बैंकले १२ पुसमा एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसर्थ, ११ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।