काठमाडौं, मंसिर ४। नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यहरुको मतगणना सकिएको छ । केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि गणना सकिएको हो । परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी छ । १४ औं महाधिवेशनबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ। ३५ सदस्यका लागि ९९ जना उम्मेदवारी परेको थियो ।खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत पाउनुभएको छ।यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाउनुभएको छ। खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पार्नुभएको छ ।
खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांकलाई लोकप्रिय मत













प्रतिक्रिया दिनुहोस्