पोखरा, ४ पुस । नेपाल जेसिजको वर्ष २०२२ को अध्यक्षमा लालमणी भण्डारी निर्वाचित हुनुभएको छ । दाङ त्रिभूवन नगरका भण्डारी पोखरामा सम्पन्न ४८औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विजयी हुनुभएको हो । जेसिजको नेतृत्व लिन पाँच जना प्रतिस्पर्धी हुनुहुन्थ्यो । अन्य ४ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उहाँ आगामी कार्यकाल लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
भण्डारीले ३६५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटमत प्रतिष्पर्धी सेन विकास मानन्धरले २४९ मत प्राप्त गर्नुभयो । गोकुल सापकोटाले ३००, श्यामसुन्दर पौडेलले २९८ र शिवप्रसाद भुषालले ४६ मत प्राप्त गर्नुभयो ।
नयाँ कार्यकालका लागि उपाध्यक्षहरूमा कुमार सिंह सावाँ लिम्बु, जीवन कार्की, मनोजकुमार साह, नेत्रलाल भट्टराई, रश्मी बस्नेत, नरेशचन्द्र ओझा, रामप्रसाद पाण्डे, योगीराज अधिकारी, सन्दीप अग्रहरी, कृष्ण श्रेष्ठ, राजिव प्रसाई र जीवन श्रेष्ठ बिजयी हुनुभएको छ । जेसिजमा १२ जना उपाध्यक्ष रहने व्यवस्था छ । पुस १ गतेदेखि पोखरामा भएको जेसिजको राष्ट्रिय महाधिवेसन नयाँ नेतृत्व चयन गरेर सकिएको छ ।













प्रतिक्रिया दिनुहोस्