जनता टाइम्स

६ पुष २०७८, मंगलवार ११:२४

एमाले अध्यक्ष ओली कपिलबस्तुमा, यस्ता छन आजका ब्यस्त सेड्यूल


कपिलबस्तु, पुस ६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु आइपुग्नु भएको छ । आज बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सोमबार नै भैरहवा हुँदै बुटवलमा बसाईपछि आज कपिलवस्तु आउनुभएको हो ।

एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार आज जसपाका स्थानीय लोकप्रिय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत ५ हजार नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम छ ।

सोही कार्यक्रमका लागि कपिलबस्तु आउनु भएका ओलीलाई आजै कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले अभिनन्दन गर्ने कार्यक्रम राख्नुभएको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री ओलीलाई शाहले आफ्नो निर्वाचन क्षेत्रमा स्वागत तथा अभिनन्दन गर्न लाग्नुभएको हो ।