जनता टाइम्स

६ पुष २०७८, मंगलवार २१:१३

सुर्खेतमा नेपाली काग्रेस र नेकपा माओबादी केन्द्रबाट एमालेमा प्रवेश


काठमाडौँ, ६ पुस । देश भर नेकपा एमालेमा प्रवेश गर्नेहरुको दिन प्रतिदिन भिड लाग्न थालेको छ । देशका बिभिन्न स्थानहरुमा एक दलबाट अर्को दलमा पार्टी प्रवेश गर्नेहरुको लहड चलिरहेका बेला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.१ को नेकपा एमालेको वडा कमिटीले काग्रेंस र नेकपा माओवादी केन्द्रका कार्यकर्तालाइ पार्टीमा प्रबेश गराएको छ ।

भेरीगंगा नगरपालिका वडा नं–१ ले आयोजना गरेको प्रथम बैठकमा प्रमुख अतिथीको रुपमा सहभागी पुर्व मन्त्री तथा नेकपा एमालेका सांसद खड्ग बहादुर खत्रीले नव प्रवेशीहरुलाइ स्वागत गर्दै देशै भरीबाट एमाले प्रतिको मोह बढेको बताउनुभयो । उहाँले भन्नुभयो यहाँ मात्रै होइन देशै भरी एमाले पार्टी रोज्नेको संख्या बढेको छ ।

अब पार्टीका लागि भन्दा पनी देश बिकाशका लागि एकताबद्द भइ नेकपा एमालेलाइ आगामी निर्वाचनमा जिताउनै पर्ने भएको छ ।कार्यक्रममा नेपाली काग्रेंस पार्टी परित्याग गरी नवराज कार्की, प्रेम बहादुर रावत, गोरे बुढा र नेकपा माओवादी केन्द्र परित्याग गरी तुल बहादुर बुढा, मान बहादुर थापा, जनक थापा, तुले खडका जस्ता अगुवा कार्र्यकर्ता सहित २१ जनाले पार्टी प्रवेश गरेको कार्यक्रममा उपस्थित नगर कमिटी उपसचिव रामराज खडकाले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री खड्ग बहादुर खत्रीले सहभागीको बिचमै बसेर हौसल्ला बढाउनुका साथै जुटेर अगाडी बढने प्रतिबद्दता समेत गराउनुभयो ।