जनता टाइम्स

९ पुष २०७८, शुक्रबार १३:१६

सेनाको यौन हिंसाविरुद्ध खार्तुममा महिलाको प्रदर्शन


खार्तुम, ९ पुस । यौन हिंसा र बलात्कारको बिरोधमा सुडानका महिलाहरुले राजधानी खार्तुममा सेनाबिरुद्ध प्रदर्शन गरेका छन् । सेनाको बलात्कारको विरोधमा महिलाहरु सडकमा उत्रिएका हुन् । यसै साता राजधानी खार्तुममा राष्ट्रपति निवास बाहिर सरकार विरोधी प्रदर्शनमा उत्रिएकामध्ये १३ महिला र युवतीलाई सुरक्षाकर्मीले बलत्कार गरेको राष्ट्रसंघले जनाएको छ ।

आफूहरु सेनाको यौन दुव्र्यवहारमा परेको भन्दै सामाजिक विकास मन्त्रालयको लैंगिक हिंसासम्बन्धी इकाइमा पुगेको सो इकाइकी प्रमुख सुलिमा इसाक्युले बताउनुभएको छ । ‘उनीहरुमध्ये दुई जनाको २४ घन्टाभित्र र अन्य ६ जनाको एक दिनपछि इकाइमा उपचार गरिएको छ,’ इसाक्युले भन्नुभयो । अक्टोबरमा सेनाले गरेको कुको विरोधमा प्रदर्शनमा उत्रिएका दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा सेनाले गोली प्रहार गरेको थियो ।