दमक, पुस ११ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा विभिन्न कार्यक्रममा व्यस्त हुनुभएको छ । शनिबार गृह जिल्ला झापा पुग्नुभएका ओली शनिबारदेखि नै विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । शनिबार मदन भण्डारी प्रतिष्ठाको साधारणसभा, अनेरास्वियुको बैठक लगायतका कार्यक्रममा सहभागी हुनुभएका ओली आइतबार पनि बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ ।
आइतबार ओलीले दमक नगरपालिका–६ दमक बजार प्रवेशद्वार गोल्डन गेटको उद्घाटन गर्नुभएको छ । यसै गरी दमक अस्पतालको निर्माणाधीन भवनको अध्यक्ष ओलीले अवलोकन गर्नुभएको छ । सो क्रममा ओलीले विश्व बैङ्कको सहयोगमा यूएनओपीएसद्वारा निर्माण सम्पन्न भई हस्तान्तरण भएको अक्सिजन प्लान्टको पनि ओलीले उद्घाटन गर्नुभएको छ ।
ओलीको स्वागतमा अस्पताल परिसरमा ठुलो भिड लागेको थियो । अध्यक्ष ओलीको आज र भोलि झापाका विभिन्न कार्यक्रममा सहभागी हुने तथा विकास योजना अवलोकन गर्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्