जनता टाइम्स

११ पुष २०७८, आईतवार १३:१६

पैदल हिंडिरहेकालाई बसले ठक्कर दिँदा गयो एकको ज्यान, एकको अवस्था गम्भीर


काठमाडौं, ११ पुस । पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको ज्यान गएको छ । त्यस्तै दुर्घटनाले तीनजना घाइते भएका छन् । आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका–१ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो ।

बसको ठक्करबाट रामग्राम नगरपालिका–३ परासीकी ३५ वर्षीया कमला रेग्मीको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।